दफा ५२
बैंक नोट र सिक्का निष्काशन गर्ने अधिकार
(१) बैंकलाई नेपाल ……… भित्र बैंक नोट तथा सिक्का निष्काशन गर्ने एकाधिकार हुनेछ । यस्ता नोट तथा सिक्का नेपाल ……… मा कानूनी ग्राह्य हुनेछ । (२) उपदफा (१) बमोजिम बैंकले नोट निष्काशन गर्दा सुरक्षण राखेर मात्र निष्काशन गर्नेछ र यस्तो निष्काशित नोटको दायित्व सुरक्षण बापत राखिएको सम्पत्तिको मूल्य बराबर हुनेछ । सुरक्षण बापत राखिने सम्पत्तिको कमसेकम पचास प्रतिशत सुन, चांदी, विदेशी मुद्रा, विदेशी धितोपत्र र विदेशी विनिमेय अधिकारपत्र मध्ये एक वा एक भन्दा बढीमा र अरु बाँकी प्रतिशत सिक्का (मोहर, डबल र सोभन्दा बढी दरको), नेपाल सरकारले निष्काशन गरेको ऋणपत्र र बैंकबाट पुन भुक्तानी दिएको बढीमा अठार महिनाभित्र नेपालमा नै भुक्तानी हुने प्रतिज्ञापत्र वा विनिमयपत्र मध्ये एक वा एक भन्दा बढिमा राखिनेछ । तर नेपाल सरकारले स्वीकृति दिएमा सुरक्षण बापत राखिने सम्पत्तिको कमसेकम चालीस प्रतिशत सुन, चांदी, विदेशी मुद्रा, विदेशी धितोपत्र र विदेशी विनिमेय अधिकारपत्र मध्ये एक वा एक भन्दा बढिमा र अरु बाँकी प्रतिशत नेपाली सिक्का (मोहर, डबल, र सोभन्दा बढी दरको), नेपाल सरकारले निष्काशन गरेको ऋणपत्र र बैंकबाट पुन भुक्तानी दिएको बढिमा अठार महिनाभित्र नेपालमा नै भुक्तानी हुने प्रतिज्ञापत्र वा विनिमयपत्र मध्ये एक वा एक भन्दा बढिमा पनि राख्न सकिनेछ । (३) उपदफा (२) को प्रयोजनको लागि सम्पत्तिको मूल्याड्ढन देहाय बमोजिम गरिनेछ ः- (क)सुनको मूल्य समितिको सिफारिशमा नेपाल सरकारले निर्धारित गरिदिए बमोजिमको दरमा । (ख)चांदीको मूल्य समितिले मनासिव ठह¥याएको दरमा । (ग)विदेशी मुद्रा बैंकद्वारा निर्धारित विनिमय दरमा । (घ)नेपाल सरकारले निष्काशन गरेको ऋणपत्र, विदेशी धितोपत्र र विनिमेय अधिकारपत्र बजार दर हेरी समितिले मनासिव ठहराएको दरमा । (ङ)सिक्का अंकित दर (फेस भेल्यु) मा । (४) बैंकले आवश्यकता अनुसार बिभिन्न दरका बैंक नोट निष्काशन गर्नेछ । यसरी बैंक नोट निष्काशन गर्दा नोटमा देखिने चित्र, आकार र दर नेपाल सरकारको स्वीकृतिमा र नोटमा नदेखिने चित्र, आन्तरिक सुरक्षाको व्यवस्था, बैंक नोट छपाई गर्ने वस्तु तथा अन्य पदार्थ समितिले निर्णय गरे बमोजिम हुनेछ । (५) समितिको राय लिई नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी जुनसुकै दरको बैंक नोट कुनै तोकिएको ठाउँ वा अड्डामा बाहेक अन्यत्र नचल्ने गराउन सक्नेछ । (६) च्यातिएको, मेटिएको अथवा झुत्रिएको नोट बैंकले पुन निष्काशन गर्ने छैन । (७) बैंकले नेपाल सरकारको स्वीकृति लिई जुनसुकै मूल्य, नाप, तौल, शुद्धता, डिजाइन र धातुको वा मिश्रण भएको धातुको सिक्का चलन चल्तीको निमित्त वा विशेष अवसरमा टक्सारमा टक्मरी गराई चलन चल्तीमा ल्याउन सक्नेछ । बैंकले आवश्यक देखेमा यस्तो सिक्का कुनै विदेशी टक्सारमा समेत टकमरी गराउन सक्नेछ । तर एकपटक स्वीकृति लिई टकमरी गराई सकेको सिक्कालाई पुन टकमरी गराउन परेमा नेपाल सरकारको स्वीकृति लिनु पर्ने छैन । (८) बैंकले नेपाल सरकारको स्वीकृति लिई कुनै विदेशी सरकारले टकमरी गराउन पठाएको सिक्का टकमरी गर्न सक्नेछ । (९) बैंक स्थापना हुनु भन्दा अगाडि नेपाल सरकारबाट निष्काशन भएका नोट र बैंकबाट निष्काशन भएका बैंक नोटको तिरोभरो गर्ने जवाफदेही बैंकको हुनेछ । (१०) बैंकनोेट निष्काशन बापत सुरक्षणमा रहेको सम्पत्तिबाट उपदफा (९) बमोजिमको दायित्व बाहेक अरु दायित्व पूरा गरिने छैन ।